
काठमाडौं,
नेपाल हस्तकला महासंघको ४४ औं वार्षिक सधारण सभा सम्पन्न भएको छ । दुई दिने महासंघको सधारण सभाबाट रबिन्द्र शाक्य अध्यक्ष पदमा निर्वाचित भएका छन् । महासंघको निर्वाचित कार्यसमिती यस्तो छ ।
१. अध्यक्ष – रविन्द्र शाक्य
२. वरिष्ठ उपाध्यक्ष – राजमान बज्राचार्य३. उपाध्यक्षहरुः जिल्ला र प्रदेश हस्तकला संघ उपाध्यक्ष- मलिका श्रेष्ठ
वस्तूगत संघ उपाध्यक्ष – श्रीकृष्ण प्रजापति
उपाध्यक्ष ( उद्योग – सबिता महर्जन
उपाध्यक्ष ( वाणिज्य – प्रताप शाक्य
उपाध्यक्ष ( व्यक्तिगत – नबिन शाक्य
उपाध्यक्ष ( एसोसिएट् – किरण कूमार स्थापित
४ कार्यसमिति सदस्यहरुः
क. जिल्ला र प्रदेश हस्तकला संघ कार्यसमिति सदस्यहरु-
– मात्रीका देवी प्रसाई
– रमेश राज बज्राचार्य
ख. वस्तूगत संघ कार्यसमिति सदस्यहरु-
– उपेन्द्र बाराही
– धन प्रसाद लामिछाने
ग. उद्योग ( कार्यसमिति सदस्यहरु-
– अमुल्य देवी शाक्य
– राजिब शाक्य
– विक्रम सिंह महर्जन
घ. वाणिज्य तर्फका कार्यसमिति सदस्यहरु –
– अवनीश प्रधानाङ्ग
– प्रविन बहादूर शाक्य
– मिलन वीर मालाकार
ङ. व्यक्तिगत तर्फका कार्यसमिती सदस्यहरु-
– उदिप शाक्य
– बिकाश शाक्य
– माणिक मान शाक्य
– सूजन रत्न शाक्य
च. एसोसिएट ( कार्यसमिति सदस्य-
– दिपेन्द्र शाक्य
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथ्यतामा उदघाटन भएको कार्यक्रममा ओलीले रोजगारी र निर्यातवृद्धिमा योगदान दिने हस्तकला क्षेत्रको प्रबर्द्धन र बिकासमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरुले सक्दो पहल गर्ने विश्वास पनि दिएका छन् ।
त्यस्तै अध्यक्ष प्रचण्ड शाक्यले ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकारले सार्वजनिक निकायहरुमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने सम्बन्धी निर्देशिका जारी गरेकामा स्वागत गर्दै यसको प्रभावकारी कार्यनयनमा जोड दिएका छन् । उनले निर्यातवृद्धि र सहजीकरणका लागि विभिन्न बुँदमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण पनि गराएका छन् ।
हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यद्वारा प्रधानमन्त्रीलाई २४ बुँदे ध्यानाकर्षण ।
हस्तकला क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ११ लाख रोजगारी सिर्जना गरेको छ । करिब ११ अर्ब रुपैयाँ मूल्यको निकासी र सोही रकम बराबरको आन्तरिक कारोबार गरेको महासंघले जनाएको छ । कार्यक्रमममा उत्कृष्ट निर्यातकर्ता र योगदानकर्तालाई सम्मान गरिएको थियो ।