काठमाडौँ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैङ्कको आगामी गभर्नरमा डा. गुणाकर भट्टलाई नियुक्त गर्न राखेको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएका छन्।

बुढानिलकण्ठस्थित देउवा निवासमा बिहीबार आयोजित पदाधिकारी बैठकमा एक प्रतिनिधिले जानकारी दिएअनुसार, राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा डा. गुणाकर भट्टलाई नियुक्त गर्न  देउवाले राखेको प्रस्तावमा ओलीले सहमति जनाएका हुन्।

हाल नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशक रहेका डा. गुणाकर भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति जुटेको बुझिएको छ। संयन्त्रको बैठकअघि देउवा र ओलीबीच एक्लाएक्लै बैठक भएको थियो।

यसबारे औपचारिक निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। गभर्नरमा तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्‌मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक प्रक्रिया पूरा हुनेछ।

प्रधानमन्त्री ओलीले कायममुकायम गभर्नरको जिम्मेवारी निर्वाह गरिरहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन दबाब दिए पनि देउवाले डा. भट्टको नाम प्रस्ताव गरेका हुन्।

२०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार सम्हालेका महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सकेर गत चैत २२ गते राष्ट्र बैङ्कबाट विदा भएपछि गभर्नर पद खाली भएको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय