काठमाडौं । नेपाल हस्तकला महासंघको ४५ औँ वार्षिक साधारण सभा बुधबार नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा सम्पन्न भएको छ। दुई चरणमा सम्पन्न साधारण सभाको दुवै सत्रको अध्यक्षता महासंघका अध्यक्ष रविन्द्र शाक्यले गर्नुभयो।

समारोहको उद्घाटन नेपाल सरकारका वाणिज्य तथा आपूर्ति सचिव डा. रामप्रसाद घिमिरेले प्रमुख अतिथिका रूपमा गर्नुभएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणा विशिष्ट अतिथि रहनुभएको थियो।

सभामा हस्तकला निर्यातमा महत्वपूर्ण योगदान पुर्याउने सदस्यहरू, उत्कृष्ट जिल्ला तथा वस्तुगत संघहरू, २५ वर्ष पूरा गरेका सदस्य तथा एक उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरी सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधि, महासंघका पूर्व अध्यक्ष एवं सल्लाहकार, अग्रणी निर्यातकर्ता, उद्यमी, कलाकार, कालिगढ तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय