काठमाडौं-
सिन्धुपाल्चोकको सुकुटेमा ट्र्याङगल्स रिसोर्ट संचालनमा आएकाे छ । करिव १ बर्षदेखी निर्माण थालिएको रिसोर्टको निर्माण सम्पन्न भएसंगै बिहिवार बिशेष बैद्धिक बिधिद्वारा उद्घाटन गरिएको हो ।

सुविधा सम्पन्न रहेकाे साे रिसोर्टले उद्घाटनसंगै औपचारिक रुपमा व्यावसायिक सेवा सुरु गरेको छ । स्थानिय श्रोत र साधनको प्रयोग गरेर साे रिसोर्ट स्थापना गरिएको रिसोर्टका संचालक प्रल्हाद न्याैपानेले बताउनुभयो ।

उहाँका अनुसार फरक शैलिमा निर्माण गरिएको रिसोर्टमा सिंगल भिल्लाको ब्यबस्था सहित नेपाली शैली अपनाएको छ । यहाँ जङगल साथै सुनकोशी नदिको मनोरम बातावरणमा बसेर आनन्द लिन सकिने ब्यबस्था छ । साथै आनन्दमयी बसाईको व्यवस्था, व्यवस्थित पार्किङ सुविधासाथै सुनकोशी नदिको बिच सहित सम्पुर्ण सुबिधालाई बिशेष महत्त्व दिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय