
पौष २६ काठमाडौ
लक्ष्मी सन्राइज बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले अपछकुमार यादवको अध्यक्षतामा तेह्रौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । तेह्रौ बार्षिक साधारण सभामा संस्थाले तपसिल प्रस्तावहरु पारित गरेको छ ।
क) सामान्य प्रस्ताव-
१) सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत । २) लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात तथा आ.व.२०८०÷८१ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचि स्वीकृत भएका छन् ।
३) वित्तीय संस्थाको लेखापरीक्षण समिति बाट सिफारिस भएबमोजिम आ.व.२०८१÷८२ को लागि लेखापरीक्षक नियुक्तितथा निजको पारिश्रमिक निर्धारण ।
ख) बिशेष प्रस्ताव-
१) लक्ष्मी लघुवित्त वित्तीय संस्थाले अन्य ईजाजतपत्र प्राप्त“घ”वर्गका लघुवित्त वित्तीय संस्थालाई गाभ्ने÷गाभिने (Merger) वाप्राप्ति (Acquisition) गर्ने प्रयोजनको लागि उपयुक्त लघुवित्त संस्था पहिचान गर्ने, संस्थाको चल अचल सम्पत्ती र दायित्व तथा कारोवारको मूल्यांकन (Due Diligence Audit) गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गरी पारिश्रमिक तोक्न तथा सहमतीपत्रमा हस्ताक्षर गर्ने तथा यस सम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित भएको छ ।
नेपाल राष्ट्र बैंकबाट मिति २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गते नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५६ जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु मार्फत १ लाखभन्दा बढी ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ ।