काठमाडौँ
सानाकिसान विकास लघुवित्त वित्तीय संस्थाले १४ प्रतिशत बोनस शेयर प्रदानगर्ने भएको छ ।

संस्थाको २३ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेम बहादुर पाठकले प्रस्तावगरेको १३ दशमलव ३ प्रतिशतबोनस र कर प्रयोजनका लागि नगद लाभांश शुन्य दशमलव ७ प्रतिशत गरी १४ प्रतिशत बोनस शेयस प्रदानगर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । संस्था लि.ले आर्थिक वर्ष २०७९÷८० मा रु. ७७ करोड ३५ लाख खुद मुनाफा रहेकोमा आ.व वर्ष २०८०÷८१ मा १९.१८ प्रतिशतले वृद्धि भई नाफा रु. ९२ करोड १९ लाख पुगेको छ । यसैगरी आ.व २०७९÷८० माकुल सञ्चालन आम्दानी रु.१ अर्ब ६६ करोड ९५ लाख रहेकोमा आ.व. २०८०÷८१ मा ३१ प्रतिशतले वृद्धि भई रु.२ अर्ब १९ करोड ४१ लाख पुगेको छ । यस वित्तीय संस्थाको देशका ७७ जिल्लाका ५४६ स्थानीय तहहरुमा जम्मा १६९२ साझेदार संस्था आवद्ध रहेका छन् ।

१२ लाख ३३ हजार ६ सय ८४ परिवारलाई लघुवित्त सेवा पु¥याउन सफलयस संस्थामा दलित १२%, जनजाति ३४% र अन्यको ५४% रहेकोमामहिला सहभागिता ८०% रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय