
कृषि उत्पादन र उत्पादकत्वमा योगदानगर्ने विभिन्न ८ वटा विधाका किसानहरुलाई सम्मान गरिएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले आफ्नो १७औँ वार्षिक साधारण सभामा देशभरबाट विभिन्न विषयगत विधामा उत्पादन र उत्पादकत्व बढाउन योगदानगर्ने ८ जना सदस्य किसानहरुलाई सम्मान गरेको हो ।
संघले कपिलवस्तुका युवा पशुपालक किसान काशीराम भट्टराई, कैलालीकी माछा पालककिसान सोना पतीथारु, बर्दियाका नर्सरी व्यवसाय गरिरहनुु भएकी माया योगी, कृषि तथा पशुपालन व्यवसाय गरिरहनुभएकी नवलपुरकी माया देवि बस्याल, चितवनकी मिना कुमारी महतो, सुर्खेतका डिलाराम आचार्य र झापाका डम्बर बहादुर विश्वकर्मालाई पुरस्कृत गरेको हो ।