
काठमाडौँ ।
भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका वर्तमान समस्याहरु समाधानका लागि अध्यादेश ल्याएको बताएका छन । नेपाल कृषि सहकारी केन्द्रीय संघको साधारण सभामा बोल्दै मन्त्री अधिकारीले सहकारी अभियानसंग समन्वय गरेर अध्यादेश ल्याएको र यसले वर्तमान समस्या समाधान गर्ने बताएका हुन । उहाँले अध्यादेशले सबै समस्या समाधान गर्छ भन्ने होइनभन्दै अध्यादेशलाई आवश्यकता अनुसार सुधार गर्दै जाने बताए । मन्त्री अधिकारीले अहिले अध्यादेशले केही कुरालाई साँघुरो बनाएजस्तो लागेपनित्यो कुरा समयसंगै सत्य सावित हुने बताए ।
एक फरक प्रशंगमा मन्त्री अधिकारीले उत्पादन क्षेत्रमा लागेका सहकारीलाई राज्यले हरेक कोणबाट प्रोत्साहनगर्दै आइरहेको समेत बताए । उत्पादन, उत्पादकत्व र रोजगारी बढाउँदै अर्थतन्त्रमा योगदान गरिरहेका सहकारी संघसंस्थाहरु मार्फत सरकारले आफ्ना कार्यक्रमलाई संगसंगै अगाडि बढाउन तत्पर रहेको समेत उहाँले उल्लेख गरे । कार्यक्रममा मन्त्री अधिकारीले प्रचार गरेजस्तो सबै सहकारी सहकारी बेठिक नभएको भन्दै सबैलाई एकै प्रकारले हेर्ने प्रवृतिले सहकारी क्षेत्रनै बेठिक भयो भन्नेहरुको विरुद्ध ऐक्यबद्धता जनाउन आवश्यक रहेको बताए । यसैगरी प्रधानमन्त्री केपीशर्मा ओलीका आर्थिक एवम् विकास सल्लाहकार डा. युवराज खतिवडाले अहिले सहकारीमा भएको बचत जोगाउनु पर्ने बेलाभएको बताउनु भएको छ । उहाँले यो संकटको समयमा सहकारीमा रकम थप्नेबारे बहस गर्न आवश्यक नरहेको बताए ।
डा. खतिवडाले सहकारी संस्थाप्रतिको विश्वास बढाउनुपर्ने र स्वनियमन पहिला बलियो बनाउनु पर्नेमाजोड दिए । अहिले नै सहकारी अभियानलाई खुम्च्याउन लागिएको हो कि भन्ने अर्थमा नबुझ्न समेत सबैलाई अपिल गरे । यसैगरी कार्यक्रममा पूर्व मन्त्री केशव बडालले सहकारीमा सुशासनको अवस्था राम्रो बनाउन सके समस्या नआउने बताए । उहाँले सहकारीका सञ्चालक र कर्मचारीका कारण सहकारीमा समस्या आएको भन्दै नेतृत्वमा बस्नेहरु स्वनियमनमा प्रतिवद्ध हुँदा धेरै समस्याआफै समाधा नहुने बताए ।
पूर्व मन्त्रीतथा नेकपा एमालेको सहकारी विभागप्रमुख खगराज अधिकारीले सरकारले अगाडि बढाएको अध्यादेशमा सुधारका विषय रहेको र त्यसमा आफुहरुले सुझाव समेत दिइसकेकोले यसलाई करेक्सन गरेर अगाडि बढ्न अनुरोध गरे । उहाँले राज्यले बनाउने हरेक कानुनमा नागरिकले आफ्नो पनको महशुस गर्न सक्ने हुनुपर्ने भन्दै अध्यादेशमा भएका सहकारी र सहकारी क्षेत्रमा संलग्नहरुका लागि नकारात्मक प्रभाव पार्ने विषय तत्काल सुधार गरेर अगाडि बढ्न अनुरोध गरे । यसैगरी कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेम बहादुर पाठकले सहकारीका सञ्चालक, कर्मचारी र सदस्यहरुले अब सरकारको मुखताकेर बस्न नहुने बताए । उहाँले जो जहाँ छ त्यहीँबाट आ–आफ्नो जिम्मेवारी र दायित्व पुरा गर्न सक्नेहो भने कुनै समस्या नआउने तर्क गरे । अध्यक्ष पाठकले सहकारी मार्फत युवा रोजगारी, आय आर्जनका काम र सहकारीको आफ्नै उद्यम सञ्चालन गर्ने सम्मकाकार्यमा सानाकिसानहरुले गरिरहेको योगदान सम्झनालायक रहेको बताए । उहाँले सरकारले अगाडि बढाएको आर्थिक समृद्धिको नारालाई साना किसानहरुले उत्पादनसंग जोडेर योगदान गरिरहेको दावी गरे ।
संघको साधारण सभामा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष, मिनराज कँडेल, कृषिउद्यम केन्द्रका अध्यक्ष डिबी बस्नेत, नेपाल सरकार कृषितथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. हरी बहादुर केसी, सानाकिसानविकास लघुवित्त वित्तीय संस्था लि. का प्रमुखकार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला लगायतले बोल्दै सहकारी र सरकार संगसंगै अगाडि बढ्न सके आर्थिक समृद्धि हाँसिल गर्न सकिने बताए ।