काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको किस्ताबापत करिब ५३ करोड ९ लाख रुपैयाँभन्दा बढी ऋण भुक्तानी गरेको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमध्ये न्यारोबडी जहाजको किस्ता पूरा र वाइडबडीको आंशिक भुक्तानी गरेको निगमले जनाएको छ।

नयाँ व्यवस्थापन आएपछि निगमले २०८२ असोज मसान्तसम्म जहाज खरिद सम्बन्धी ऋण शीर्षकमा जम्मा ८ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम तिरेको छ। त्यसैगरी कोभिड–१९ अवधिको ब्याज, हर्जाना र पेनल्टी छुट गर्न तथा किस्ता संख्या बढाई सहजीकरण गर्न कोषहरूलाई अनुरोध गरिएको छ।

यसैबीच, काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं उडानमा यात्रुहरूको उल्लेखनीय उपस्थिति देखिएको निगमले जनाएको छ। १६ अक्टोबरको आरए–४१७ उडानमा १३८ यात्रु गएका थिए भने १७ अक्टोबरको आरए–४१८ उडानमार्फत ७८ यात्रु काठमाडौं आएका थिए। आगामी २३ र २४ अक्टोबरका उडानका लागि बुकिङ पूर्ण भरिएको निगमको दाबी छ।

साउदी अरबको दमामपछि काठमाडौं–ग्वाञ्जाओ नयाँ गन्तव्यका रूपमा वर्तमान व्यवस्थापनले सञ्चालनमा ल्याएको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय