काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिद प्रकरणमा करिब १४ करोड रुपैयाँ हिनामिना भएको ठहर गर्दै स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. सङ्गीता कौशल मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार आर्थि‍क वर्ष २०८०/८१ मा स्वास्थ्य सेवा विभागले म्यामोग्राफी मेसिन खरिद गर्ने क्रममा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो भएको प्रमाण फेला परेको छ । ठेक्का प्रक्रियामा संलग्न विभागका तत्कालीन अधिकारीहरू र आपूर्तिकर्ताबीच पूर्वसम्झौता गरी ठेकेदारलाई अनुचित लाभ पुर्‍याइएको आयोगले जनाएको छ ।

झुट्टा प्रतिवेदन तयार गर्ने, गलत बिल बनाउने र मिलेमतोमार्फत सरकारी कोषबाट ठूलो धनराशी हिनामिना गरेको आरोपसहित आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय