जनकपुरधाम। जनकपुरधाममा हालै सुनचाँदी पसलमा छापा मारिएको घटनाप्रति नेपाल सुनचाँदी व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको निन्दा गरेको छ। व्यवसायीहरूमा त्रास र असुरक्षाको वातावरण सिर्जना गर्ने गरी भएको यस कार्यको तत्काल छानबिन गरी दोषीउपर कडा कारबाही गर्न महासंघले सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

विज्ञप्तिमा घटनाका क्रममा घाइते भएका व्यवसायी र सुरक्षाकर्मी (प्रहरी) को शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। महासंघले यस किसिमका कार्यले व्यवसाय सञ्चालनमा नकारात्मक असर पर्ने भन्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि उचित सुरक्षा र व्यावसायिक वातावरणको प्रत्याभूत गर्न पनि आग्रह गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय