काठमाडौं । लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणलाई तिर्न बाँकी प्रिमियम महसुलको बक्यौता रकम उद्योगहरूले किस्ताबन्दीमार्फत बुझाउन थालेका छन् ।

प्राधिकरणका अनुसार सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रीजले बक्यौता रकम तिर्न थालेका छन् ।

सम्राट सिमेन्टले डेडिकेटेड लाइन प्रयोगबापतको ३ करोड ७७ लाख रुपैयाँ बक्यौता रकममध्ये तीन किस्ता बराबर ४० लाख ४७ हजार रुपैयाँ एकैपटक बुझाएर जेठसम्मको भुक्तानी चुक्ता गरेको छ । कम्पनीले बाँकी चार किस्ता पनि शीघ्र तिर्न प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, रोल्पा सिमेन्टले ९९ लाख १२ हजार रुपैयाँ बक्यौता रकममध्ये पाँच किस्ता बराबर १७ लाख ७० हजार रुपैयाँ एकैपटक बुझाएर भुक्तानी पुनः सुरु गरेको छ । अहिले पनि उद्योगका १७ किस्ता बाँकी रहेका छन् ।

नव नेपाल प्लास्टिक इन्डस्ट्रीजले भने १२ किस्ताको १ लाख २३ हजार रुपैयाँ तिरेर सम्पूर्ण बक्यौता रकम चुक्ता गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पटक–पटक पत्राचार र चेतावनी दिएपछि उद्योगहरू किस्ता भुक्तानीमा फर्किएका हुन् । अधिकारीहरूका अनुसार, डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्ने उद्योगहरूले महसुल नतिर्दा राज्य राजस्वमा हानि भइरहेको थियो ।

ऊर्जा क्षेत्रका विज्ञहरूका अनुसार, उद्योगहरूले बक्यौता तिर्न थालेको यो कदम सकारात्मक संकेत हो र यसले प्राधिकरणको राजस्व संकलनमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

प्राधिकरणले बाँकी उद्योगहरूलाई पनि किस्ता सुविधा अनुसार रकम बुझाउन निर्देशन दिँदै बक्यौता नतिर्ने उद्योगहरूको विद्युत् आपूर्ति रोक्ने तयारी गरेको जनाएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय