ललितपुर । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरमा सुरु भएको छ । बुधबारदेखि सुरू भएको यो प्रदर्शनी कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ ।

उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले पुष्प व्यवसायको विकासका लागि नीतिगत सहजीकरण गर्ने प्रतिवद्धता जनाए । उनले अवैधानिक रूपमा भित्रिने फूल रोक्न व्यवसायीहरूकै सहयोग आवश्यक रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकालले पुष्प व्यवसायको प्रवर्द्धनका लागि बीउबिजन र प्रदर्शनीका पूर्वाधारमा लगानी बढाउन सुझाव दिए ।

फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार प्रदर्शनीमा ९० वटा स्टल छन् र पाँच दिनमा करिब ४० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय