
काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा जलेका चारपाङ्ग्रे सरकारी गाडीका सट्टा नयाँ गाडी खरिद गर्न विभिन्न मन्त्रालयले अर्थ मन्त्रालयसँग अनुमति मागेका छन् । तर अर्थ मन्त्रालयले अझै सहमति दिएको छैन ।
आन्दोलनका क्रममा पाँच सयभन्दा बढी सरकारी गाडी र हजार हाराहारी दुईपाङ्ग्रे सवारी साधन जलेका थिए । सडक विभागका ६५ गाडी जलेपछि विभागले दैनिक काममा कठिनाइ भएको जनाएको छ ।
सडक विभागले तत्कालका लागि ४५ नयाँ गाडी (३० पिकअप, १० बन्दबढी र ५ विद्युतीय कार) खरिद गर्न अनुमति मागेको छ । अर्थ मन्त्रालयले भने मागको अध्ययन भइरहेको जनाएको छ ।