काठमाडौं । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंले हालको आर्थिक अस्थिरता, जेन–जी आन्दोलन र प्राकृतिक विपत्तिको असरलाई मध्यनजर गर्दै कर्जा सुविधा दुई महिना थप गर्न सरकारसँग माग गरेको छ।

सङ्घका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा असोज मसान्तभित्र बुझाउनुपर्ने तलब, दशैँ खर्च, बैंक ब्याज र करजस्ता आर्थिक दायित्वका कारण व्यवसायी थप दबाबमा परेकाले मङ्सिर मसान्तसम्म भुक्तानी गर्न पाउने वा सो बराबर कर्जा सुविधा दिन आग्रह गरिएको छ।

सङ्घले माग सम्बोधन भए उद्योगी–व्यवसायीलाई राहत मिल्ने र अर्थतन्त्रमा स्थायित्व आउने विश्वास जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय