
काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लिँदै १७औं स्थानमा पुगेको छ।
गत महिना यूएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० शृङ्खला नेपालले २–१ ले जितेको थियो।
वरीयतामा भारत शीर्षमा, अस्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन्।
नेपाली टोली अहिले ओमानमा टी–२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोट खेलिरहेको छ।