काठमाडौं । तिहारको तयारीका लागि अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ‘१०.१० तिहार महोत्सव’ सुरु गरेको छ ।

यो सेल अक्टोबर ९ बिहीबार राति ८ बजेदेखि सुरु भएको हो, जुन असोज ३० गतेसम्म चल्नेछ ।

महोत्सवमा उपभोक्ताले ७० प्रतिशतसम्म छुट, निःशुल्क होम डेलिभरी र एक लाख रुपैयाँभन्दा बढीको खरिदमा १० हजार रुपैयाँसम्मका फ्ल्याट भौचरहरू प्राप्त गर्न सक्नेछन् ।

दराजले दैनिक फ्ल्यास सेल र विशेष अफरहरू पनि उपलब्ध गराएको छ । सिताफिल, रोह्टो लगायतका ब्रान्डहरूले ४०% सम्म तथा एईबीबी, ब्रान्डहाउस र मारिकोले ६०% सम्म छुट दिँदैछन् ।

दराजमलमा शतप्रतिशत असली उत्पादनको ग्यारेन्टी छ र नक्कली प्रमाणित भएमा तीन गुणा क्यासब्याकको व्यवस्था छ । बोस्सिनी, नाइक जस्ता फेसन ब्रान्डहरूमा पनि ५०% वा सोभन्दा बढी छुट उपलब्ध छ ।

दराजले न्यूनतम रु. ४९९ को खरिदमा निःशुल्क होम डेलिभरी सुविधा पनि निरन्तरता दिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय