काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रमा अग्रणी स्थानमा रहेको एमएडब्लु वृद्धिले चाडवाड लक्षित ‘मेगा एक्सचेन्ज कार्निभल’ सफलतापूर्वक सञ्चालन गरेको छ । कम्पनीले काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा मुख्य कार्यक्रम आयोजना गर्नुका साथै देशभरका दिपल, नामी र सेरेसका आधिकारिक सोरुमहरूमा पनि यो एक्सचेन्ज मेला आयोजना गरेको थियो ।

मेलामा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो । ग्राहकहरूले दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका शीर्ष ईभी ब्रान्डका चर्चित मोडलहरू एउटै स्थानमा अवलोकन गर्ने र टेस्ट ड्राइभ गर्ने अवसर पाएका थिए । पुराना गाडी साटेर सबैभन्दा स्टाइलिश र अत्याधुनिक ईभीमा अपग्रेड गर्न सकिने सुविधाले ग्राहकहरूलाई आकर्षित गरेको थियो ।

एक्सचेन्ज मेलामा आकर्षक गतिविधिहरू पनि समावेश गरिएका थिए । रोबोटका क्रियाकलाप र रेसिंङ सिमुलेटरहरूले भीडलाई आकर्षित गरेका थिए भने साना बालबालिकाहरू विभिन्न खेलमा रमाइरहेका थिए ।

एक्सचेन्जमा नगद छुटसहित १५ लाखसम्मको लाभ:

कम्पनीका अनुसार ग्राहकहरूले नेपालका शीर्ष पाँच रिकन्डिसन हाउस मार्फत् आफ्ना पुराना गाडीहरूको सर्वोत्कृष्ट मूल्याङ्कन गराउने सुविधा प्राप्त गरेका छन् । साथै, एक्सचेन्जमा बोनस र नगद छुट पनि उपलब्ध गराइएको थियो ।

आफ्नो पुरानो गाडीलाई नवीनतम प्रविधिले सुसज्जित ईभीमा अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि यो मेला निकै फाइदाजनक रहेको कम्पनीले जनाएको छ । निश्चित मोडलहरूमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ दिइएको थियो ।

यसका साथै, बुकिङ गर्ने हरेक ग्राहकलाई नगरकोटस्थित एक प्रिमियम रिसोर्टमा एक जोडीका लागि ‘नाइट स्टे’को विशेष अफर पनि प्रदान गरिएको थियो । ग्राहकहरूले अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयूभी अवतारलाई टेस्ट ड्राइभ गर्ने अवसर पनि पाएका थिए ।

काठमाडौंका अतिरिक्त नेपालभरका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुममा पनि एक्सचेन्ज कार्निभल आयोजना गरिएकाले देशव्यापी रूपमा ग्राहकहरूले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य थुप्रै अफरहरू प्राप्त गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय