काठमाडौँ । नेपाल हस्तकला महासंघले सरकारले निर्यात उद्योगलाई प्रदान गर्दै आएको नगद प्रोत्साहन (क्यास इन्सेन्टिभ) हटाउने निर्णयले निर्यात प्रवर्द्धनमा गम्भीर असर पर्ने चेतावनी दिएको छ ।

महासंघले असोज २६ अर्थात (आज) जारी विज्ञप्तिमार्फत उक्त निर्णयले उद्यमी व्यवसायीको प्रतिस्पर्धी क्षमता कमजोर बनाउने र नेपालको निर्यात व्यापारमा नकारात्मक प्रभाव पार्ने बताए ।

महासंघ अनुसार हस्तकला जस्ता तुलनात्मक लाभ भएका निर्यातमुखी उद्योगमा यस कदमले अझ दुरगामी असर पार्ने सम्भावना छ । महासंघले सरकारलाई निर्णय पुनर्विचार गरी तत्काल फिर्ता लिन जोडदार माग गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय