काठमाडौं । जेन-जी प्रदर्शनका कारण मुलुकभरका ४४० सरकारी भवन तथा संरचनामा क्षति पुगेको प्रारम्भिक तथ्यांकले डेढ खर्ब बराबरको नोक्सान भएको देखाएको छ।

सहरी विकास मन्त्रालयका अनुसार, प्रदर्शनका क्रममा १३४ वटा भवन पूर्ण रूपले क्षतिग्रस्त भएका छन् भने १७६ मा आंशिक र १३० मा सामान्य क्षति पुगेको छ।

क्षतिको तथ्यांकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारका संरचना र मन्त्री निवाससहित २१ वटा कार्यालयको विवरण भने अझै समावेश गरिएको छैन। ती तथ्यांक संकलन भएपछि क्षतिको संख्या थपिने मन्त्रालयले जनाएको छ।

जिल्लागत रूपमा सबैभन्दा बढी क्षति कास्कीमा ७० सरकारी भवनमा पुगेको छ। त्यसपछि काठमाडौंमा ५६ र चितवनमा ५३ भवनमा आगजनी तथा तोडफोड भएको छ। यसैगरी, मोरङमा ४३, कैलालीमा ३४, रुपन्देहीमा ३१, बाँकेमा २९, झापा, दाङ र पर्सामा २०/२० वटा भवनमा क्षति पुगेको छ।

पूर्ण क्षतिग्रस्त भवनमध्ये कास्कीमा मात्रै २९ वटा छन्। काठमाडौं उपत्यका (काठमाडौं र ललितपुर) का ३१ भवनमा क्षति पुगेको छ, जसमा डिल्लीबजार र नख्खु कारागारका भवनहरू पनि छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय