काठमाडौं । मोरङ उद्योग व्यापार संघले निर्यात अनुदान प्रक्रियालाई यस वर्ष स्थगित गर्ने उद्योग विभागको निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। संघले विभागको यो निर्णयले निर्यात प्रवर्द्धनको प्रयासमा ठूलो धक्का पुग्ने भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।

संघका अध्यक्ष अनुपम राठीले विज्ञप्ति जारी गर्दै भू-परिवेष्ठित मुलुकका निर्यातकर्ताहरुले प्रतिस्पर्धा गरिरहेको अवस्थामा अनुदान रोक्ने निर्णयले व्यवसायीको मनोबलमा नकारात्मक असर पार्ने बताएका छन्।

संघले विभागलाई निर्णय पुनर्विचार गर्न, अनुदान आवेदन दिने समय सीमा थप गर्न र बक्यौता निर्यात अनुदान रकम बराबरको ‘बन्ड’ जारी गर्न पनि अनुरोध गरेको छ। यसले आर्थिक स्थायित्व कायम राख्दै निर्यातकर्ताको हकहित संरक्षण हुने संघको भनाइ छ। सरकारले निर्यात वृद्धि र वैदेशिक मुद्रा आर्जनका लागि चलाएको अनुदान कार्यक्रम यस वर्ष रोक्ने निर्णयप्रति संघले चिन्ता व्यक्त गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय