काठमाडौं । टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटको सुपर सिक्स अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई १ रनको झिनो अन्तरले पराजित गर्दै रोमाञ्चक जित हासिल गरेको छ।

शनिबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रेको यूएईले पनि कडा टक्कर दियो तर २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रनमा समेटिन पुग्यो।

नेपालका लागि ओपनर आसिफ शेख ले ४७ बलमा अर्धशतकीय ५१ रनको महत्त्वपूर्ण पारी खेले। यस्तै, कुशल भुर्तेल ले २८ रन र कप्तान रोहित पौडेल ले २० रनको योगदान दिए। अन्त्यतिर गुलशन झा ले ५ बलमा १४ रनको तेज पारी खेलेर स्कोर उकासेका थिए।

नेपालले सुरुवाती १० ओभरमा मात्र १ विकेट गुमाएर ७३ रनको बलियो सुरुवात गरे पनि मध्यक्रममा रनको गति सुस्त हुन पुग्दा ठूलो स्कोर बनाउन असफल भयो।

यूएईतर्फ अलिशान सराफू ले ५८ रनको अर्धशतकीय पारी खेल्दा पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। ध्रुव पराशर ले पनि ३८ रनको योगदान दिए। यूएईका जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान एक–एक विकेट लिए।

यो महत्त्वपूर्ण र रोमाञ्चक जितसँगै नेपालले सुपर सिक्स चरणमा आफ्नो विश्वकप छनोटको सम्भावनालाई थप बलियो बनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय