
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार राजधानीका विभिन्न उद्योग तथा फर्मको अनुगमन गर्दा चार फर्मलाई गरी १ लाख ६० हजार रुपैयाँ जरिवाना गरेको छ।
विभागका अनुसार काठमाडौं महानगरपालिका–२५ स्थित एसडी राष्ट्रिय दौरा सुरुवाल टेलर्सलाई अनियमितता भेटिएपछि ५५ हजार रुपैयाँ जरिवाना गरिएको हो। यस्तै, काठमाडौं–९ र काठमाडौं–७ का दुईवटा कस्मेटिक फर्महरूलाई समान ५०–५० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।
त्यसैगरी, काठमाडौं–३० मा रहेको एक खुद्रा किराना पसललाई तीन दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागले सोही क्रममा १३ अन्य फर्महरूलाई सामान्य निर्देशन जारी गरेको जनाएको छ।