
काठमाडौं । सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको अनुगमन गरेका छन्। उनले पहिलो चरणको काम अन्तिम चरणमा पुगेको र एक महिनाभित्र सम्पन्न हुने जानकारी दिएका छन्।
उनका अनुसार ६ वटा फ्लडलाइट एक महिनाभित्र जडान हुनेछ र प्यारापिटको काम पनि छिट्टै हस्तान्तरण हुनेछ।
मन्त्री घिसिङले नेपाल प्रिमियर लिगको दोस्रो संस्करण (मंसिर दोस्रो सातादेखि) अघि सबै निर्माण कार्य पूरा हुने बताएका छन्।
पूरा भएपछि रंगशालामा ३० हजार दर्शक अटाउने क्षमता हुनेछ र दोस्रो चरणका लागि टेन्डर प्रक्रिया चाँडै सुरु हुने उनले जानकारी दिए।