काठमाडौं। एमएडब्लु वृद्धि (MAW Vriddhi) ले यस वर्ष चाडपर्वलाई लक्षित गर्दै ‘मेगा एक्स्चेन्ज कार्निभल’ आयोजना गर्ने भएको छ। कम्पनीले आगामी असोज २४ गतेदेखि तीन दिनसम्म चल्ने यो मेगा मेला काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा मुख्य कार्यक्रमको रूपमा र देशभरिका दिपल (Deepal), नामी (Nami), र सेरेस (Seres) का आधिकारिक सोरुमहरूमा एकसाथ आयोजना गर्दैछ।

पुराना गाडी साटेर नयाँ ईभीमा अपग्रेड गर्ने अवसर

यस एक्सचेन्ज कार्निभलमा ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर नेपालकै सबैभन्दा स्टाइलिस र प्राविधिक रूपमा उन्नत (Technologically Advanced) इलेक्ट्रिक गाडी (ईभी) मा अपग्रेड गर्न सक्नेछन्।

आकर्षणहरू:

ईभी अवलोकन र टेस्ट ड्राइभ: काठमाडौंको मुख्य कार्यक्रममा ग्राहकहरूले नेपालका शीर्ष ईभी ब्रान्डहरू जस्तै दिपल, अवतार (Avatr), नामी, र सेरेस का चर्चित मोडलहरू एउटै स्थानमा अवलोकन र टेस्ट ड्राइभ गर्न पाउनेछन्।

सर्वाेत्कृष्ट मूल्याङ्कन: ग्राहकहरूले आफ्ना पुराना गाडीहरूको नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसहरू मार्फत सबैभन्दा राम्रो मूल्याङ्कन गराउन सक्नेछन्।

छुट र बोनस: कम्पनीका अनुसार ग्राहकहरूले एक्सचेन्जमा बोनसका साथै नगद छुट पनि प्राप्त गर्नेछन्। यसबाट निश्चित मोडेलहरूमा अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ लिन सकिनेछ।

विशेष अफर: कार्यक्रममा बुकिङ गर्ने प्रत्येक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीका लागि एक रातको बसाइ (Night Stay) को विशेष अफर पाउनेछन्।

मनोरञ्जन र नयाँ ईभीको अनुभव

एक्स्चेन्ज कार्निभलमा सबै उमेर समूहका आगन्तुकहरूका लागि मनोरञ्जनको विशेष व्यवस्था गरिएको छ। आगन्तुकहरूले ह्युमनोइड रोबोट सो, कार रेसिङ सिमुलेटर, किड्स जोन, र इन्डोर गेमका साथै रिफ्रेसमेन्टको मजा लिन सक्नेछन्।

साथै, यो मेलामा पहिलोपटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयूभी अवतारलाई टेस्ट ड्राइभ गर्न सकिनेछ। यसका अलावा, नाडा अटो सोमा सबैको ध्यान खिच्न सफल दिपल एस०५ र आफ्नै सेग्मेन्टका उत्कृष्ट फिचरहरूले भरिएको नामी भिगो पनि प्रदर्शनमा राखिने छ।

देशव्यापी सुविधा

काठमाडौं बाहिर पनि नेपालभरिका दिपल, नामी र सेरेसका सम्पूर्ण सोरुमहरूमा एक्स्चेन्ज कार्निभल आयोजना हुनेछ। त्यहाँका ग्राहकहरूले पनि एक्सचेन्ज सुविधा, नगद छुट र अन्य आकर्षक अफरहरूको लाभ उठाउन सक्नेछन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय