
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा डेढ करोड रुपैयाँ (१ करोड ५० लाख) सहयोग गरेको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सो रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई मंगलबार हस्तान्तरण गरेका हुन्।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगलागीबाट ध्वस्त भएका सरकारी भवनहरूको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको उक्त कोषमा कम्पनीले यो आर्थिक सहयोग उपलब्ध गराएको हो।
सरकारले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई यस कोषमा सहयोग गर्न आग्रह गरेको थियो। सोही अनुरूप, कम्पनीले उक्त रकम कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १९६०१००१०२०७०००४ मा जम्मा गरेको जनाएको छ।