
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दैनिक औसत एक हजार मेगावाट विद्युत् निर्यात भइरहेको जनाएको छ ।
कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात भइसकेको छ ।
भारतको हरियाणा र बिहारमा प्रतिस्पर्धात्मक दरमा विद्युत् बिक्री भइरहेको र बंगलादेशमा दैनिक ४० मेगावाट बिजुली पठाइँदै आएको उनले बताए ।
विद्युत् व्यापार भारतसँग भारतीय रुपैयाँमा र बंगलादेशसँग अमेरिकी डलरमा हुने प्राधिकरणले जनाएको छ । हाल भारत र बंगलादेशमा कुल १ हजार १ सय ६५ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त भएको छ ।