कास्की। जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै पर्यटकहरूलाई पदयात्रा (ट्रेकिङ) मा नजान आग्रह गरेको छ।

प्रशासनले असोज २० गतेसम्म देशभर मध्यमदेखि भारी वर्षाको प्रक्षेपण भएकाले पदयात्रीहरूलाई सचेत गराएको हो। विशेषगरी अन्नपूर्ण आधार शिविर (ABC), मर्दी हिमाल, कपुचे लगायतका विश्व-प्रख्यात ट्रेकिङ क्षेत्रहरूमा नजान सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिएका छन्।

दसैँको बिदामा पदयात्रामा जानेको भीड लाग्ने गरे पनि यस वर्षको पूर्वानुमानले गर्दा पर्यटन क्षेत्र प्रभावित बनेको छ। प्रशासनले बाढीपहिरो र डुबान जस्ता विपद्बाट जोगिन सबैलाई सचेत रहन तथा कुनै घटना भएमा सुरक्षा निकायमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय