काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ओमानमा बुधबारदेखि सुरु हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

टोलीबाट साहब आलम बाहिरिएका छन् भने सन्दीप लामिछाने पुनः समावेश भएका छन् । टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप जोरा, कुशल भूर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ शेख, आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी छन् ।

क्यानका अनुसार चयनित टोली प्रतियोगितामा भाग लिन ओमान पुगिसकेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय