काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८२ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिएका छन् ।

असोज १६ गते बिहीबार जारी सन्देशमा उनले सत्य, धर्म र न्यायको विजयका प्रतीकका रूपमा मानिने यस पर्वले सम्पूर्ण नेपालीबीच मेलमिलाप, सद्‍भाव र एकताको सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले दशैँको दिन मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गर्ने परम्पराले नेपाली समाजलाई अझै घनिष्ठ बनाउने उल्लेख गर्दै मुलुकमा सुख, शान्ति, सुशासन, स्थायित्व र समृद्धिको कामना गरेका छन् ।

उनले दुर्गा भवानीसँग राष्ट्रको कल्याण र प्रगतिका लागि प्रार्थना गरेको सन्देशमा उल्लेख छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय