
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा २ अर्ब ७१ करोड रुपैयाँ लगानी गर्ने भएको छ। यो रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूमा मुद्दति निक्षेपका रूपमा राखिनेछ।
लगानीका लागि विभिन्न शर्तहरू तोकिएका छन्। राष्ट्र बैंकले यो लगानी ३६६ दिनको अवधिका लागि गर्नेछ, जसको सुरुवात २०२५ अक्टोबर १४ बाट भई २०२६ अक्टोबर १४ मा परिपक्व हुनेछ।
लगानी लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर प्रस्ताव सहितको आवेदन असोज १० गतेभित्र राष्ट्र बैंकमा पठाउनुपर्नेछ। यो प्रक्रियाले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।