काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालयसँग सम्बन्धित ३ हजार ८ सय २१ गुनासो सम्बोधन गरिएको बताएका छन् । मन्त्रालयसँग सम्बन्धित कुनै समस्या वा कर्मचारीले घुस मागेमा सिधै इमेलमार्फत उजुरी दिन सकिने सूचना सार्वजनिक गरिएको थियो ।

सो सूचना सार्वजनिक भएको पाँच दिनभित्र ह्वाट्स एपमार्फत २ हजार २००, एसएमएसमार्फत १ हजार ५०० भन्दा बढी र १२१ वटा इमेलमार्फत आएका गुनासो समाधान गरिएको मन्त्री खनालले जानकारी दिएका हुन् ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय