काठमाडौं । लगातार दुई खेल जित्दै नेपालले वेस्ट इन्डिजलाई हराउँदै युनिटी कप टी–२० आई सिरिज उपाधि जितेको छ । सोमबार शारजहामा भएको दोस्रो खेलमा नेपालले ९० रनले विजय हासिल गर्दै तीन खेलको सिरिज एक खेलअगावै आफ्नो पक्षमा पार्‍यो ।

नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटमा १७३ रन बनाएको थियो । आशिफ शेखले अविजित ६८ रन र सन्दीप जोराले ६३ रनको उत्कृष्ट योगदान दिए ।

https://www.facebook.com/share/p/1DZYp1RQeH/

जवाफी ब्याटिङमा वेस्ट इन्डिज १७ ओभरमै ८३ रनमै अल आउट भयो । नेपालका आदिल आलमले ४ विकेट लिए भने कुशल भुर्तेलले ३ विकेट झारे ।

नेपाल र वेस्ट इन्डिजबीचको अन्तिम खेल मंगलबार शारजहामै हुनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय