
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका कारण भएको भौतिक क्षतिबाट रु २३ अर्ब ३९ करोड २७ लाख बराबरको बीमा दाबी परेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार, हालसम्म जम्मा २ हजार ९ सय ८८ वटा आवेदन परेका छन् र यो संख्या अझै बढ्ने अनुमान छ।
दाबीको कुल रकम: रु २३ अर्ब ३९ करोड २७ लाख
आवेदन संख्या: २,९८८ वटा (सम्पत्ति, मोटर, इन्जिनियरिङ लगायतका)
सबैभन्दा बढी दाबी: बागमती प्रदेशमा (१,६०८ वटा आवेदन)
धेरै दाबी पर्ने कम्पनीहरू:
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स: रु ५ अर्ब ४५ करोड ९३ लाख
दि ओरियन्टल इन्स्योरेन्स: रु ५ अर्ब २३ करोड २४ लाख
यी दाबीहरू देशका १४ वटा निर्जीवन बीमा कम्पनी र चार माइक्रो इन्स्योरेन्स कम्पनीहरूमा परेका हुन्