
काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय (आई) सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ।
दुई पटकको टी-२० विश्वकप विजेता टोली वेस्ट इन्डिजलाई नेपालले १९ रनले पराजित गरेको हो। नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो।
नेपालको जितमा बलरहरूको महत्त्वपूर्ण भूमिका रह्यो। नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिए। यसैगरी कप्तान रोहितकुमार पौडेल, करण केसी, दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र ललित राजवंशीले एक-एक विकेट लिएका थिए। वेस्ट इन्डिजका लागि नवीन बिदाईसीले सर्वाधिक २२ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
यसअघि, टस जितेर ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रनको योगफल तयार पारेको थियो।
नेपालले सिरिजको दोस्रो खेल असोज १३ गते र तेस्रो खेल असोज १४ गते खेल्नेछ।