
काठमाडौं । पर्यटन क्षेत्रका सफल व्यवसायीहरूको लगानी रहेको आर्यतारा होल्डिङ्सको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभामा अध्यक्ष नवराज अंगाईले होल्डिङ्सले हाल जलविद्युत, हस्पिटालिटी र सिमेन्ट उद्योगमा लगानी गरिरहेको जानकारी दिए । साथै, भविष्यमा होटेल, रेस्टुरेन्ट, एयरलाइन्स, हेलिकप्टर, कृषि र गुणस्तरीय शिक्षण संस्था लगायतका क्षेत्रमा पनि लगानी विस्तार गर्ने योजना रहेको उनले बताए ।
साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको छ । सभामा संस्थाका सल्लाहकारहरूले होल्डिङ्सको व्यावसायिक सफलताका लागि शुभकामना दिएका थिए ।