वीरगञ्ज । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट सात अर्ब १६ करोड रुपैयाँ मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब ७५ करोड रुपैयाँले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार, यस अवधिमा सवारीसाधन आयातबाट प्राप्त राजस्व पनि बढेको छ । चालू आवमा छ अर्ब १३ करोड राजस्व संकलन भएको छ भने गत आवमा चार अर्ब ४७ करोड रुपैयाँ मात्र संकलन भएको थियो ।

आयातमा अनएसेम्बल्ड मोटरसाइकलको संख्या नै धेरै बढेको छ । यसपटक २०,६२० थान मोटरसाइकल आयात भएको छ भने गत आवमा १४,७६६ थान मात्र आयात भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय