
वीरगञ्ज।वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ४६ अर्ब ६४ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत बढी हो।
गत वर्षको दुई महिनामा १ खर्ब २२ अर्ब ३२ करोडको सामान आयात भएको थियो। यस वर्ष आयातसँगै राजस्व संकलनमा पनि वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
आयात मात्रै नभई निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ। गत वर्षको दुई महिनामा ६ अर्ब ५ करोडको निर्यात भएकोमा यस वर्ष १७ अर्ब ३ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ। यसरी, गत वर्षको तुलनामा यस वर्ष १० अर्ब ९८ करोड बढीको सामान निर्यात भएको देखिन्छ।