काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रिया चाँडै निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएको छ।

संघले बीमा गरिएका सवारीसाधन तथा भौतिक संरचनाको क्षतिको विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। संघको विज्ञप्तिमा उल्लेख गरिएअनुसार बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै दाबी भुक्तानी प्रक्रिया तीव्र गतिमा अगाडि बढाइरहेका छन्।

संघले आन्दोलनका क्रममा ज्यान गुमाउनुहुन्या व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ र पीडित परिवारलाई समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

संघका अध्यक्ष राजेन्द्र मल्लले बीमितहरूलाई आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू चाँडै बीमा कम्पनीमा बुझाउन अपिल गरेका छन्। उनले बीमा कम्पनीहरूले दाबी भुक्तानी प्रक्रिया छिटो टुंगोमा पुर्याउने उद्देश्यले काम गरिरहेको बताए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय