काठमाडौं । नेपाल उद्योग व्यवसायी महासंघले निर्माण उद्योगलाई सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गरी निर्माण व्यवसायी संघ बाराका अध्यक्षको निवासमा भएको तोडफोड, लुटपाट तथा आगजनीको भत्र्सना समेत गरेको छ ।

महासंघका अनुसार देशव्यापी प्रदर्शनका क्रममा भदौ २४ गते निर्माण व्यवसायी संघ बाराका अध्यक्ष शेषनाथ प्रसाद शाह तेलीको कलैया उपमहानगरपालिका वडा नम्बर १ राजदेवीटोल स्थित निवासमा तोडफोड, लुटपाट तथा आगजनी गरिएको हो । महासंघले उक्त तोडफोड, लुटपाट तथा आगजनीको घटनामा संलग्नलाई तत्काल कानुनी कारबाही अघि बढाउन माग गरेको छ । महासंघका अनुसार तोडफोड, लुटपाट तथा आगजनीबाट साढे तीनतले अध्यक्ष शाहको घरमा ठूलो क्षति पुग्नका साथै निवासभित्र पार्किङ गरिएको एउटा गाडीमा तोडफोड तथा चारवटा मोटरसाइकलमा आगजनी गरिएको छ । प्राप्त प्रारम्भिक जानकारीअनुसार उक्त घटनाका कारण कलैया उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष समेत रहेका शाहको करिब ७०—७५ लाख रुपैयाँको भौतिक क्षति भएको महासंघले जनाएको छ ।

महासंघले शाहलाई तत्काल राहत उपलब्ध गराउन माग गर्दै अहिलेको विषम परिस्थितिमा देशभर सुरक्षा चुनौती बढिरहेको सन्दर्भमा निर्माण व्यवसायीहरू, निर्माणाधीन भौतिक संरचना र निर्माण उपकरणसहित निर्माण व्यवसायीहरूका घर परिवारको समेत सुरक्षा गर्न सरकारसँग माग गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय