
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिपरिषद् गठन गरेकी छिन्। उनले तीन जना प्रतिष्ठित व्यक्तिलाई मन्त्रीमा नियुक्त गरेकी छन्।
ओमप्रकाश अर्यालले गृह, कानुन तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पूर्वअर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री बनेका छन्।
यस्तै, कुलमान घिसिङलाई भौतिक पूर्वाधार, ऊर्जा र सहकारी गरी तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार शीतलनिवासमा हुनेछ।