
काठमाडौं ।
बुढानीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि विभिन्न कृषि कार्यक्रम घोषणा गरेको छ। यी कार्यक्रमहरू अन्तर्गत अर्गानिक कृषि, कौसी खेती, भर्मी कम्पोष्ट मल, मिनि टिलर, सिल्पोलिन प्लास्टिक र इन्सेक्ट नेट वितरण गरिनेछ। यसका साथै उन्नत जातको धान, गहुँ र मकैको बीउ पनि उपलब्ध गराइनेछ।
इच्छुक किसान, समूह वा सहकारीले यी सेवाहरूमा ५०% सम्म अनुदान पाउन सक्नेछन्। यसका लागि १५ दिनभित्र नगरपालिकाको कृषि विकास शाखामा आवश्यक कागजातसहित आवेदन दिन सकिनेछ।