
झापा।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन गर्न सकिने बताएका छन्। उनले कृषि क्षेत्रमा युवाहरूलाई आकर्षित गर्न विशेष सरकारी योजना आवश्यक रहेकोमा जोड दिए।
बिर्तामोडमा बुधबार आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै कोइरालाले नेपालको उत्पादन क्षमतामा आएको ह्रासले व्यापार घाटा बढाएको बताए। उनले देश विकासको मुख्य आधार नै कृषि भएको धारणा राखे।