
काठमाडौं ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन भएको छ।
भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गरेको हो। समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा. खोमराज खरेल रहेका छन्।
यसअघि भदौ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद् ओझालाई पदमुक्त गरेको थियो। खराब आचरण, कार्यक्षमताको अभाव र पदीय जिम्मेवारी पालना नगरेको आरोपमा उनलाई पदबाट हटाइएको थियो।
रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि नयाँ समितिले अब सिफारिस गर्नेछ।