
काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो २०२५ मा दर्शकहरूको उल्लेख्य सहभागिता देखिएको छ । नाडाका अनुसार, तीन दिनमै ७८ हजार ५ सय १३ जनाले अवलोकन गरिसकेका छन् । यो तथ्याङ्कले नेपाली जनतामा अटो शोप्रति बढ्दो विश्वास र उत्साह देखाएको नाडाको दाबी छ ।
नाडाका अध्यक्ष करण चौधरीले यो सफलताले नेपाललाई अटोमोबाइल क्षेत्रमा अझ विकसित बनाउने आत्मविश्वास बढाएको बताए । उनले यस सफल आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । नाडा अटो शो मंगलबारदेखि भृकुटीमण्डपमा चलिरहेको छ ।