काठमाडौ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित गोदारमा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको बुधवार उदघाटन गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उधम तथा आर्थिक विकास आयोजना (REED) ले निर्माण गरेको उक्त भवन नगरपालीकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा मन्त्री अधिकारीले किसानले आफ्नै घरमा सेवा पाउने गरि सरकारले काम गरिरहेको बताए ।

हाम्रै गाउँ घरमा किसानलाई आवश्यक सल्लाह , कृषि बाली र पशुपन्छीमा लागेका रोग र समस्याको निधान गर्न आवस्यक छ ,- मन्त्री अधिकारीले भने ।

उनले मन्त्रालयले आफ्ना विभिन्न निकाय मार्फत आम किसानको घर दैलोमै सेवा दिन आईरहेकाले किसानलाई यस्को लाभ लिन आग्रह गरे ।

विभिन्न पालिकामा यस् आयोजना मार्फत अत्याधुनीक सेवा सहितका कृषि भवनहरु निर्माण भएकाले पालिकाहरुले पनि यस्को प्रभाकारी संचालनका लागि ध्यान दिन जरुरी रहेको छ ,मन्त्री अधिकारीले भने ।

कार्यक्रममा पुर्ब कृषि मन्त्री रामकृष्ण यादबले किसानहरुलाई सरकारले बढि भन्दा बढी सहजीकरण गर्न आवश्यक रहेको वताएका छन्।

त्यस्तै पुर्व रक्षामन्त्री हरिप्रसाद उप्रेतीले कृषिको बजारीकरणमा पनि सरकारले प्राथमिकता दिनु पर्ने बताए ।

नगर प्रमुख जित नारायण यादबले अत्याधुनिक ल्याब सहितको सेवा केन्द्रको संचालनले कृषि र पशुमा देखिने समस्या समाधान गर्न सहज हुने बताए ।

आयोजनाका निर्देशक एवं सहसचिव डा. चन्द्र रिसालले केन्द्रको संचालमा पालिकाको भुमिका महत्त्वपूर्ण हुने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

२ करोड ३३ लाख रुपैयाँ लागतमा बनेको अत्याधुनिक प्रयोगशाला सहितको भवनमा माटो परिक्षण देखि कृषि र पशुलाई आवश्यक पर्ने भेट्नरी लगायतका सेवा केन्द्र मार्फत उपलब्ध हुने आयोजनाको आर्थिक करिडोर , महोत्तरीका प्रमुख राजेश साहले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय