काठमाडौं ।

पूर्व युवराज हृदयेन्द्र शाह दुर्गम जुम्लाको यात्रामा देखिएपछि सामाजिक सञ्जालमा उनको चर्चा चुलिएको छ। नेपालको पश्चिमी क्षेत्रको सुन्दर जिल्ला जुम्लाको एउटा ट्राभल भ्लगमा उनी अप्रत्याशित रूपमा देखिएका हुन्।

राजपरिवारको चमकधमकबाट टाढा, साधारण नागरिकजस्तै ग्रामीण नेपालको भ्रमण गरिरहेको देख्दा धेरै दर्शकहरू आश्चर्यचकित भएका छन्। भ्लगमा उनी स्थानीय मानिसहरूसँग घुलमिल भएको र जुम्लाको प्राकृतिक सौन्दर्यको अवलोकन गरिरहेको देखिन्छ।

उनको यो साधारण जीवनशैलीले धेरैको ध्यान खिचेको छ र सामाजिक सञ्जालमा प्रशंसा बटुलिरहेको छ। यस घटनाले उनको गुमनाम जीवनशैली र भविष्यमा नेपालको लागि उनको भूमिकाबारे नयाँ बहस सुरु भएको छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय