काठमाडौं ।

रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक बिमा दाबी २ करोड ८९ लाख २६ हजार रुपैयाँ नाघेको छ। नेपाल बिमा प्राधिकरणका अनुसार सातवटा बिमा कम्पनीमा कुल ६३ वटा दाबी परेका छन्।

सबैभन्दा बढी दाबी शिखर इन्स्योरेन्समा १६ करोड १२ लाख १० हजार रुपैयाँ बराबरको परेको छ। नेको इन्स्योरेन्समा ५ करोड २० लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३ करोड ४१ लाख ५० हजार, नेपाल इन्स्योरेन्समा १ करोड २८ लाख ५० हजार, सानिमा जीआईसी इन्स्योरेन्समा ७७ लाख, आईजीआई प्रुडेन्सियलमा ७५ लाख ५० हजार, युनाइटेड अजोडमा ६८ लाख, एनएलजी इन्स्योरेन्समा ४७ लाख, र सिद्धार्थ प्रिमियरमा ३१ लाख रुपैयाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ।

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल, निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय, पार्किङ गरिएका सवारीसाधन र रसुवागढी जलविद्युत् आयोजनालगायतका भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय