काठमाडौं ।

कडा रोग लागेर उपचार खर्च जुटाउन नसकेका नागरिकका लागि सरकारको स्वास्थ्य बीमा कार्यक्रममा नयाँ सुविधा लागू भएको छ । साउन १ गतेदेखि ८ प्रकारका गम्भीर रोगमा २ लाख रुपैयाँसम्मको उपचार खर्च स्वास्थ्य बीमा कार्यक्रममार्फत उपलब्ध हुने व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका अनुसार क्यान्सर, मुटु रोग, मृगौला समस्या, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर भएका बिरामीहरूले यो सुविधा पाउने छन् ।

“स्वास्थ्य बीमालाई अझ परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउने हाम्रो प्रयास जारी छ,” मन्त्री पौडेलले बताएका छन्, “नागरिकको स्वास्थ्य सुरक्षामा बीमा कार्यक्रम प्रभावकारी बनाउने दिशामा यो अर्को महत्त्वपूर्ण पाइला हो ।”

स्वास्थ्य बीमा कार्यक्रमलाई जनमैत्री बनाउँदै लैजान नागरिकको रचनात्मक सुझाव र प्रतिक्रिया स्वागतयोग्य हुने मन्त्री पौडेलले उल्लेख गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय