
काठमाडौं ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा मात्रै रु ५२ अर्ब ५८ करोडको भटमासको कच्चा तेल आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६१३ प्रतिशतले बढी हो। भटमासको प्रशोधित तेल निर्यात समेत अत्यधिक बढेको छ — कुल २५ करोड ८८ लाख लिटर तेल रु ५५ अर्ब ३ करोड बराबरमा विदेश पठाइएको छ।
साथै, सूर्यमुखी तेलको कच्चा पदार्थ आयात रु ९ अर्ब ७५ करोड पुगेको छ भने प्रशोधित तेलको निर्यात रु ८ अर्ब ४० करोड बराबरमा भएको छ। भन्सार कार्यालयका अनुसार व्यवसायीहरूले तेल प्रशोधन गरी ठूलो परिमाणमा निर्यात गरिरहेका छन्।